
घोराही, २ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ को तयारी तीब्र रूपमा अघि बढेको छ । सोमबार पूर्व अध्यक्षहरूको उपस्थिति रहेको बैठकले मुल आयोजक समिति तथा विभिन्न उपसमितिहरूको विस्तार र संयोजक चयन गरेका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको संयोजकत्वमा रहेको मुल आयोजक समितिको विस्तार गरिएको छ । निवर्तमान अध्यक्ष टंकसिहं बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति, पूर्व अध्यक्ष नारायण प्रसाद भुषालको संयोजकत्वमा अतिथि सत्कार समिति, पूर्व अध्यक्ष हेमराज बन्जाडेको संयोजकत्वमा संघ संस्था समन्वय समिति र पूर्व अध्यक्ष मधुसूदन बैद्यको संयोजकत्वमा मुल्यांकन तथा अनुगमन समिति रहेका छन् ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ मुल आयोजक समितिका सहसंयोजक हुनुहुन्छ । यसै क्रममा संघका सदस्य युवराज पोख्रेलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, संघका सदस्य विष्णु प्रसाद रिजालको संयोजकत्वमा कृषि तथा धार्मिक उपसमिति, संघका सदस्य दीपक पण्डितको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उपसमिति र संघका सदस्य निम बहादुर बुढाथोकीको संयोजकत्वमा शोभा यात्रा व्यवस्थापन उपसमिति रहेका छन् ।
मुल आयोजक समितिका सहसंयोजक उद्योग उपाध्यक्ष ध्रुब कुमार गहतराजको अन्तरगत खानेपानी तथा सरसफाई उपसमितिको संयोजक संघका सदस्य नोर्वु तामाङ लामा, स्वयसेवक परिचालक उपसमितिको संयोजक संघका सदस्य विक्रम राना, महिला उद्यमी तथा प्रथामिक उपचार उपसमितिको संयोजक संघकी महिला सदस्य लिला नेपाली र भैतिक निर्माण तथा साहित्य उपसमितिको संयोजक संघका सदस्य सुरज बुढाथोकी रहनुभएको छ ।
मुल आयोजक समितिका सहसंयोजक वाणिज्य उपाध्यक्ष लिलाराम खड्काको अन्तरगत संघका सचिव विकास वलीको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, संघका कोषाध्यक्ष जगत आचार्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, संघका सहकोषाध्यक्ष माधव खनालको संयोजकत्वमा आर्थिक तथा टिकट व्यवस्थापन उपसमिति र संघका विशिष्ट सदस्य जुद्द बहादुर घर्तीको संयोजकत्वमा पर्यटन प्रवर्धन उपसमिति रहेका छन् ।
मुल आयोजक समितिका सहसंयोजक महासचिव महेन्द्र बुढाथोकीको अन्तरगत मञ्च व्यवस्थापन उपसमितिको संयोजक संघका सदस्य रुद्र शर्मा, बालउद्यान उपसमितिको संयोजक संघका सदस्य पस्कर राज न्यौपाने, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजक संघका सदस्य राम प्रसाद पोख्रेल, पाकिंङ व्यवस्थापन उपसमितिको संयोजक संघका सदस्य युबराज पन्त र जनसम्पर्क समन्वय उपसमितिको संयोजक विशिष्ट सदस्य ऋषि पोख्रेल रहेका छन् ।
मूल आयोजक समितिका संयोजक एवं अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभयो कि महोत्सवको मूल उद्देश्य ‘उद्योग, व्यापार, कृषि र पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ रहेको छ । फागुन २ गतेदेखि १८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १४, झिंगौरामा आयोजित यस महोत्सवको तयारी स्वरुप विभिन्न उपसमितिहरूको संयोजक चयन गरिएको छ र उपसमितिहरू केही दिनमै विस्तार गरी पूर्णता पाउनेछन्, भने प्रचार प्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिनुभयो ।