२०८१ चैत्र ९ गते आइतवार

राष्ट्रपतिबाट चार अध्यादेश जारी, दुई दर्जनभन्दा बढी कानुन संशोधन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा अध्यादेश जारी गर्नुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदे नेपालको संविधानको धारा ११४ को उपधारा (१०० बमोजिम सरकारले पेश गरेको अध्यादेश स्वीकृत भएको हो। चारवटा अध्यादेशबाट दुई दर्जनभन्दा बढी कानुनहरुलाई संशोधन गरिएको छ।

जारी भएका अध्यादेशमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८१ छन्।

त्यस्तै निजीकरण (पहिलो संसोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि राष्ट्रपतिबाट जारी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा भट्टराईले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस