२०८३ जेष्ठ १ गते शुक्रवार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ : जील्ला अदालत कास्किले सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाए तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न सक्नुहुने छ । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस हुँदै आएको थियो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा लामिछानेमाथि मुद्दा दायर भएको थियो।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस