२०८१ चैत्र ९ गते आइतवार

शिक्षक संगठन दाङको भवन उद्घाटन गर्न महासचिव पोखरेल दाङ आउने

दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन, दाङको नवनिर्मित भवनको उद्घाटनका लागि एमाले महासचिव पोखरेल दाङ आउन लाग्नुभएको छ ।

घोराही उप–महानगरपालिका वडा नं. १४ मा निर्मित संगठनको भवन यही पुस २७ गते विशेष कार्यक्रमको आयोजना गरी एमालेका महासचिव पोख्रेलद्वारा उद्घाटन गरिने विशेष कार्यक्रमको आयोजना गरी नेकपा भवनको उद्घाटन गरिने संगठनका अध्यक्ष मिनराज शर्मा पण्डितले जानकारी दिनुभएको छ।

उँहाका अनुसार उक्त अवसरमा “शिक्षा सरोकार र शिक्षा ऐनमा समेटिनुपर्ने विषयवस्तु” शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। यसैबिच कार्यक्रममा सहभागिताका लागि सङ्गठनले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस