२०८१ चैत्र ९ गते आइतवार

जन्मउत्सवको अवशरमा ई. घिमिरेद्धारा उपचार तथा स्टेशनरी सहयोग

घोराही २३ पौष
मानिषहरुको धेरै थरीको जन्मउत्सव मनाउने तरीका हुन्छ । तर दाङमा अवस्थित गुरुकुल एकेडेमीका अध्यक्ष रहनुभएका ई. अनन्तराज घिमिरेले फरक तरीकाबाट जन्मदिन मनाउनुभएको छ । उँहाले गरीव तथा विपन्न विद्यार्थिहरुलाई स्टेशनरी सहयोग त गर्नुनै भयो त्यो संगै अको फरक तरीका भनेको विपन्न दुखि पिडितलाई उपचारमा सहयोग गर्नुभएको छ । उँहाले बनेपामा अवस्थित वालअपांगता पुनःस्थापना केन्द्र अस्पताल एचआरडिसिमा उपचार गर्न ल्याइएका दुर्गम ठाँउका एकदमै विपन्न परीवारका हड्डिको अपांगता भएका विरामिहरुको उपचारमा नगद २०००० सहयोग गर्नुभएको छ ।

यो सहयोगबाट उनिहरुलाई थोरै भएपनि राहत मिल्ने अस्पताल तथा विरामि परीवारले बताएका छ । भौगिलिक दृष्टिकोणका हिसावले दाङबाट टाढा भएका कारणले नेपालका पुर्व सचिव भिम उपाध्याय मार्फत ई. घिमिरेले नगद २०००० रुपैया सहयोग गर्नुभएको हो । यस्तै जन्मदिनकै अवसरमा उँहाले घोराही १७ मा रहेको श्री प्राथमिक विद्यालय भैसाहिका गरीव तथा विपन्न परीवारका करीव १०० जना विद्यार्थिहरुलाई करीव १५००० रुपैया बराबरको स्टेशनरी सामान सहयोग गर्नुभएको छ । उँहाले सो विद्यालयमा कपि , पेन्सिल ,इरेजर लगायतका सामग्रिहरु सहयोग गर्नुभएको हो ।

ई. घिमिरेले हरेक जन्मदिनमा यसरीनै सहयोग अभियान चलाउदै आउनुभएको छ । गत बर्ष पनि उँहाले घोराही ७मा रहेको संस्कृत कुटिमा बटुकहरुको लागि खाद्यान्न सहयोग गर्नुभएको थियो । ई. अनन्नराज घिमिरे दाङको शैक्षिक धरोहरको रुपमा रहदै आउनुभएको छ भने मध्यपश्चिम विश्वविद्यालयको पुर्व डिन तथा लुम्बिनि प्रदेश पुर्वाधार विकास प्राधिकरणको निवर्तमान प्रमुख समेत हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस