
घोराही १८ पौष
सिसा नेपालले बालबालीकाहरुलाई सहयोगको अभियान तिव्र रुपमा अगाडि बढेको छ । घोराही १८ रहेना स्थित सिप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था (सिसा नेपाल ) नामक संस्थाले शैक्षिक क्षेत्रमा रहेका निम्न बर्गका बालबालीकाहरुलाई तालिम तथा सहयोगको अभियान सुरु गरेको हो । सिसा नेपालकि केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकिको संयोजकत्वमा उक्त अभियान सुरु भएको हो । सिसा नेपालको अभियान ,शैक्षिक क्षेत्रमा बालबालीकालाई सम्मान भन्ने मुल नारा सहित सुरु भएको यो अभियानले पहिलो चरणमा घोराही उपमहानगरपालीका भित्रका सामुदायिक विद्यालयहरुमा अनुगमन गरी प्रशिक्षण सम्पन्न गर्ने र ति मध्येबाट १० वटा विद्यालय छनोट गरी ति १० वटा विद्यालयहरुमा अध्ययणरत विद्यार्थिहरु मध्येबाट अति बिपन्न तथा जेहेन्दार विद्यार्थिहरुलाई आर्थिक , नैतिक , भौतिक तथा बिभिन्न शैक्षिक सामग्रिहरु सहयोग गरीने अभियान कि संयोजक सिद्धिकिले जानकारी दिनुभएको छ ।

अभियान अन्तर्गत आधारभुत माध्यामिक विद्यालय गिठेपानिमा रहेका न्युन आर्थिक अवस्था भएका ५५ जना विद्यार्थिहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरीएको सिसा नेपालकि अध्यक्ष सिद्धिकिले जानकारी दिनभयो । विद्यालयबाट सुरु भएको हो । विद्यालय परीवार र सिसा नेपालको संयक्त रुपमा न्यानो कपडा वितरण कार्यक्रम भएको हो ।सिसा नेपालकि केन्द्रिय अध्यक्ष तथा अभियानकि संयोजक साजिदा सिद्धिकिको अध्यक्षतामा भएका कार्यम्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल प्रमुख अतिथिमा रहनुभएको थियो भने बिशिष्ट अतिथि वडा नं १८ का सदस्य तथा पत्रकार दीपक वली रहनुभएको थियो । विद्यालयको अनुगमनका क्रममा पुष माघको जाडोमा पनि स्विटर समेत लगाउने अवस्था नभएको भेटिएपछि तत्काललाई स्विटर सहयोगको कार्यक्रम गरीएको हो । प्रमुख अतिथि समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले यो अभियानमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । उँहाले विद्यार्थिहरुलाई देशका बिभिन्न निकायमा जानको लागि शिक्षानै आबश्यक भएको हुनाले सबैले नियमित रुपमा पढाइमा ध्यान दिन समेत आग्रह गर्नुभएको थियो । प्रजिअ लम्सालले यसरी प्रतक्ष्य रुपमा यो अभियानमा जोडिन पाउदा आफ निकै खुसि भएको बताउनुभयो । यस्तै २ दशक देखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको संस्थाकि अध्यक्षले समाजमै समाजको सेवा गर्न पाउदा आफुलाई निकै खुसि मिल्ने बाउनुभयो सहयोग बितरण कार्यक्रममा पत्रकार दीपक वली , जनप्रतिनिधि लगायत उपस्थित अतिथिहरुले मन्तब्य राख्नुभएको थियो । विद्यालयकि शिक्षिका पुष्पा बस्नेतको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको संचालन प्रधानाध्यापक गिरीप्रसाद भट्राईले गर्नुभएको थियो भने अभियानकि संयोजक साजिदा सिद्धिकिले अभियानमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद प्रकट गर्नुभएको थियो ।