२०८१ चैत्र ९ गते आइतवार

गुल्मीमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु

११ पुस, गुल्मी । गुल्मीमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा चन्द्रकोट–६ झापक बस्ने ३० वर्षका बिनोद बि।क। र ४० वर्षका किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका ९एसपी० राजन भुजेलले बताउनुभयो ।

बिहिवार बेलुकी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । सडक छेउमा पल्टि रहेको स्कुटरबाट बाटो देखी अन्दाजी २५० मिटर तल सिस्ने खोलाको पानिमा २ जना पुरुष तैरी रहेको अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

पानीमा तैरी रहेकालाई प्रहरीले उद्दार गरी उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए । उहाँहरुको अस्पताल पुर्याएपछि डक्टरले मृत घोषणा गरेको एसपी भुजेलले बताउनुभयो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस