२०८१ चैत्र ९ गते आइतवार

गुरुकुलको वनभोज कार्यक्रममा विभिन्न प्रतियोगिता सम्पन्न

घोराही । गुरुकुल एकेडेमी घोराहीको बनभोज कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई रेफ्रेसमेन्ट बनाउने गरी बनभोज कार्यक्रमको आयोजना गरीएको विद्यालयले जनाएको छ ।घोराही -१३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको भेला गरी आगामी शैक्षिक रणनितिको बिषयमा पनि छलफल गरिएको हो । बनभोज कार्यक्रमको अवशरमा विभिन्न प्रतियोगिताहरु कुर्सि दौड , घैटो फोड , गोल पोष्टमा १ चार्जमा गोल छिराउने लगायतका कार्यक्रमको आयोजना गरीएको थियो ।

गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको नेतृत्वमा भएको कार्यक्रममा करीव १ सय ३० जनाको सहभागिता रहेको थियो भने प्रतियोगितामा कुर्सि दौडमा पत्रकार सुमन केसी प्रथम हुनुभएको थियो भने गुरुकुल एकेडेमी दाङका प्रेस संयोजक दीपक वलीले दोस्रो तथा गुरुकुल एकेडेमी घोराहीका मन्टेस्वरी संयोजक लोचना पौडेलले तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

यस्तै घैटो फोड प्रतियोगितामा सामेल भएका कुनै प्रतिष्पपर्धिहरुले घैटो फोड्न सकेका थिएनन् । यसै गरी गोल छिराउने प्रतियोगिताका विद्यालयका सेयर सदस्य रुपक थापा , सुस्मिता लम्साल लगायतले पुरस्कार हात पार्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस