२०८१ चैत्र ९ गते आइतवार

संधैभरि ३२ सिटको बार्गेनिङ्ग चल्दैन : केन्द्रीय सदस्य सिद्धिकी

देउखुरी ७ पुस ।

नेकपा एमालेकी केन्द्रीय सदस्य साजिदा सिद्धिकीले ३२ सिटको माओवादीको संधैभरि बार्गेनिङ नचल्ने बताउनु भएको छ । नेकपा एमाले राप्ती गाउँपालिका-५, नम्बरको दोस्रो अधिवेशनलाई उद्धाटन गर्दै केन्द्रीय सदस्य सिद्धिकीले यस्तो बताउनु भएको हो ।उहाँले प्रचण्डको दोहोरो चरित्रका कारण देशले दुख पाएको बताउनुभयो । उहाँले जंगलबाट शान्तिप्रकृया सम्म ल्याएको बताउँदै केन्द्रीय सदस्य सिद्धिकीले एमाले नै देशको निर्णायक शक्ति भएको बताउनुभयो । वडा कमिटी अध्यक्ष मनोज चौधरीको अध्यक्षता एवम् नेकपा एमालेकी केन्द्रीय सदस्य साजिदा सिद्धिकीको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेशनमा पार्टीका प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेल, प्रदेश लेखा समितीकी सदस्य कमलापति चौधरी, जिल्ला सदस्य पुष्पराज अधिकारी, गाउँ कमिटी अध्यक्ष मदन अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यद्वय सन्तोषकुमार गुप्ता र बिदुर एमसी लगायतको बिशेष उपस्थिति रहेको थियो ।

अधिवेशनले गोबिन्दबहादुर कँवर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत चयन भएको छ । सर्वसम्मत निर्वाचित वडा कमिटीको उपाध्यक्षमा लालबहादुर चौधरी, सचिवमा कृष्णबहादुर चौधरी, उप(सचिवमा भुपलाल थापामगर र बसन्ती चौधरी रहनु भएको छ । यस्तै सदस्यहरूमा जङ्गबहादुर चौधरी, जीउलाल चौधरी, जीवन अधिकारी, सन्तराम चौधरी, रिष्मा चौधरी, कमल चौधरी, जितेन्द्र गुप्ता, नरबहादुर केसी, पुरन चौधरी, खेमलाल चौधरी, शिवकुमार चौधरी, सीता समालमगर, गोबिन्द क्षेत्री र रबिन चौधरी रहनु भएको छ । कार्यक्रमको सञ्चालन पार्टीका गाउँ कमिटी लेखा समिती सदस्य तथा वडा नम्बर ५ का वडा अध्यक्ष देबप्रसाद चौधरीले गर्नु भएको थियो । यस्तै नेकपा एमाले राप्ती गाउँपालिका वडा नम्बर ३ को दोस्रो अधिवेशन शनिबार मसुरीयामा सम्पन्न भएको छ ।

अधिवेशनले रुद्रमणी शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । अधिवेशनले शर्मा सहित १५ अन्य पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित हुनु भएको छ । जसको उपाध्यक्षमा अर्जुन न्यौपाने, सचिवमा तुलसा शर्मा, सहसचिवमा बासुदेव जैसी संगीता चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यहरूमा पुनम पुन मगर, उज्जला पुनमगर, कमला गिरी, रामबहादुर नेपाली, खुमे सुनार, जालीराम चौधरी, कृष्णप्रसाद पौडेल, रामप्रसाद चौधरी, श्रीपाल चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ । वडा कमिटीका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य साजिदा सिद्दिकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेल, प्रदेश कमिटी लेखा सदस्य कमलापति चौधरी, जिल्ला सदस्य धर्मराज अधिकारी, जिल्ला सदस्य प्रेम केसी, पालिका कमिटी सचिव भरतमणि न्यौपाने लगायत ६० जना नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिका कमिटी सदस्य लक्ष्मी पोख्रेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस