२०८१ चैत्र ९ गते आइतवार

सातौ संस्करणको मेयर कप पुष ५ गतेबाट सुरु हुने : उदघाटन खेलमा साविक विजेता वडा १७ र पुर्व विजेता वडा १३ बीच खेल हुने

घोराही, २ पुस ।

घोराही उपमहानगरपालिका स्तरीय सातौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही पुस ५ गतेबाट खेल हुने भएको छ । लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । चार समुहमा विभाजन गरिएको खेलमा समुह ए मा वडा नम्बर ११, ७, ६, १६ र १ रहेका छन् भने समुह बी मा वडा नम्बर १८, १२, १९ र ३ रहेका छन् । यसैगरी, समुह सी मा वडा नम्बर २, १०, ५ र १४ रहेका छन भने समुह डी मा वडा नम्बर ८, ४, १३ , १५ र १७ रहेका छन् ।

घोराही १८ नवलपुर खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १७ र पुर्व विजेता वडा नं १३ बीच दिउँसो सवा १२ बजे खेल हुनेछ । खेल क्षेत्रको विकास तथा खेलाडी उत्पादनका लागि स्थानीय सरकारले संचालन गर्दै आएको प्रतियोगितामा पालिकाभरबाट वडा नं ९ बाहेक अन्य सबै वडाको सहभागीता रहेको खेलकुद बिकास संयोजक नरेन्द्र पुनले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयले सिफारिस गरेको आधारमा खेलाडीलाई खेलमा मान्यता दिएको प्रतियोगितामा भाग लिन पाउने ब्यबस्था गरीएको छ ।

वडाको सिफारीसमा खेलाडि वडाको स्थायि रुपमा बसोबास भएको हुनुपर्ने र ३० बर्ष मुनि उमेर समुहका हुनुपर्ने संयोजक पुनले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ट्रफि र प्रमाणपत्र रहेको छ भने दोस्रो हुनेलाई नगद रु ५० हजार ,ट्रफि र प्रमाणत्र रहेको छ भने बिधागत पुरस्कार समेत रहेको संयोजक पुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस