२०८१ चैत्र ९ गते आइतवार

दाङका पत्रकार प्रियासन केन्द्रिय सचिव र शर्मा प्रदेश महासचिवमा निर्वाचित

घोराही ३० मंसिर
नेपाल पत्रकार महासंघको गत शुक्रवार भएको निर्वाचनमा केन्द्रिय सचिवमा सविन प्रियासन र लुम्बिनि प्रदेश महासचिवमा पान्डव शर्मा निर्वाचित हुनभएको छ । २ दशक अगाडिबाट दाङलाई कर्मथलो बनाउदै आउनुभएका प्रियासन प्रेस चौतारी नेपालका ेकन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ दाङको पुर्व अध्यक्ष समेत रहनुभएको छ । बरीष्ट पत्रकार तथा साहित्यकारको छवि बनाउनुभएका पत्रकार प्रियासन केन्द्रिय आदिबासि जनजाति सचिवमा अत्यधिक मतका साथ विजयि हुनुभएको छ ।

उँहाले निकटम प्रतिद्धन्दि भिषन राईलाई करीव एक हजार मतान्तरको फरकमा पराजित गर्नुभएको हो । उँहाले लकडान लभ ,एयर होस्टेज ,सेल्फि, पल्लवि ,सहनसिला ,पुनरागमन ,लक्किचार्म ,भुमरी ,रोदन पछिको लगायतका दर्जनौ कृतिहरु समेत प्रकाशन गर्नुभएको छ भने दाङबाट प्रकाशित भैरहेको गणतन्त्र राष्ट्रिय दैनिकको प्रकाशक समेत रहनुभएको छ । यस्तै प्रेस चौतारीका नेता पान्डव शर्मा नेपाल पत्रकार महासंघ लुम्बिनि प्रदेश समितिको महासचिवमा भारी मतान्तरले विजयि हुनुभएको छ ।

पत्रकार शर्माले पनि दाङलाई पत्रकारीताको कर्मथलो बनाउदै आउनुभएको छ । पत्रकार शर्मा पनि सफतापुर्वक संगठनको नेतृत्वदायि भुमिका निर्वाह गरीसक्नुभएको छ भने चेतना अनलाईन डिजिटल पत्रिका संचालन गर्नुभएको छ । यस्तै दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकको सह– सम्पादक रहनुभएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस