२०८१ चैत्र ९ गते आइतवार

किसानलाई समाजमा सम्मान र कदर गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं, ३० मंसिर । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताउनु भएको छ । आइतवार काठमाडौंमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भएको हो। उहाँले समाजमा परिश्रम गर्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवजर्तन जरुरी रहेको उल्लेख गर्दै उनले किसानलाई समाजमा सम्मान र कदर गर्न सक्नुपर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो ,‘हाम्रो समाजमा आजकाल अलि परिश्रम गर्नेलाई जुन एउटा कदर गर्नुपर्नेमा फिजिकल लेभर गर्नेहरुलाई तल्लो स्तरबाट हेर्ने नजर परिवर्तन गर्नुपर्छ । परिश्रम गर्नेहरुलाई कदर गरेन भने विकास निर्माण कसरी हुन्छ ।

त्यसकारण आजको यो ज्यापु दिवसमा खेतमा परिश्रम गरेर,उत्पादन गरेर खाद्यान्न दिन्छन्,किसानलाई सम्मान र कदर समाजमा दिनुपर्छ । उपप्रधानमन्त्री सिंहले ज्यापु विकासका लागि स्थायी कोष बनाउन पहल गर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस