२०८१ चैत्र ९ गते आइतवार

संस्कार भवन निर्माणका लागि विकासनगर टोलको सक्रियता

घोराही २३ मंसिर
घोराही उपमहानगरपालीका वडा नं १५मा संस्कार भवन निर्माण निर्माण हुने भएको छ । घोराही १५ दाङमा रहेको बिकासनगर टोल बिकास संस्थाको सक्रियतामा संस्कार भवन निर्माण हुने भएको हो । बिकासनगर टोलकै कार्यालय भवनको दक्षिण तर्फ रहेको बरपिपलको बोट छेउमा रहेको खालि जग्गामा संस्कार भवन निर्माण गर्ने अभियानका साथ बिकासनगर टोल बिकास संस्थाले जनप्रतिभा टोल बिकास संस्था संग संयुक्त बैठक बसेको हो ।

बिभिन्न नमुना काम गरीसकेको बिकास नगर टोल बिकास संस्थाले सामाजिक काम अन्तर्गत संस्कार भवन निर्माण गर्ने तयारी गरेको संस्थाका अध्यक्ष बेचन वलीले जानकारी दिनुभयो । संस्कार भवन निर्माणका लागि बसेको बैठकले भवन निर्माण तथा आर्थिक संकलनको बिषयमा निर्णय समेत गरेको छ । जनप्रतिभा टोल बिकास संस्थाका अध्यक्ष रेखा केसि तथा अन्या प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बिकासनगर टोल बिकास संस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षता तथा स्थानिय तथा जेष्ठ नागरीक बासुदेब वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्कार भवन निर्माणका लागि ७ सदस्य कार्यसमिति गठन गरेको छ ।

जसको संयोजकमा बिकासनगर टोल बिकास संस्थाका पुर्व अध्यक्ष घनश्याम गिरी रहनुभएको छ भने सचिवमा जनप्रतिभा टोलका पुर्व सचिव भिउसन गौतम कोषाध्यक्षमा सुनिता वली , सदस्यहरुमा जनप्रतिभा टोलबाट सनम केसि , बुद्धिकला शर्मा यसैगरी बिकासनगर टोलबाट समन वली र श्रृजना शाहि रहनुभएको छ । यस्तै बैठकले संस्कार भवन निर्माणका लागि जनप्रतिभा र बिकासनगर टोलका स्थानियहरुले न्युनतम ५०० रुपैया नगद सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस