२०८२ मङ्सिर १८ गते बुधवार

संघीय मन्त्रालयलाई शिक्षाको पत्र- शिक्षकहरुलाई मासिक तलब दिनु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

कतिपय स्थानीय सरकारले शिक्षकलाई मासिक तलब नदिएको गुनासो आएपछि शिक्षा मन्त्रालयले संघीय मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमाफर्त ७५३ वटै पालिकामा पत्र पठाएर तलब मासिक रूपमा दिने अनुरोध गरेपनि शिक्षकले तलब नपाएको गुनासो गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखिएको शिक्षामन्त्री विद्या भट्टराईले बताउनुभयो ।

यसअघि शिक्षा दिवसको अवसर पारेर २ असोजमा सार्वजनिक रूपमा सबै स्थानीय पालिकालाई शिक्षकको तलब मासिक दिन अनुरोध गरिएको थियो

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस