२०८२ चैत्र ३० गते सोमवार

डाँफे सहकारीको १७ औँ साधारणसभा सम्पन्न

घोराही १५ मंसिर
डाँफे वचत तथा ऋण सहकारी संस्था घोराही १४ को १७ औँ वार्षिक साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष रवि पौडेलको अध्यक्षता एवं सहकारीका संस्थापक अध्यक्ष ओविन्द्र बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा उत्कृष्ठ बचतकर्ता मनकर्ण केसी र हेमलाल आचार्यलाई कदरपत्रले सम्मान गरीएको थियो । यसैगरी असल ऋणी तुक्मा बुढालाई पनि सम्मान गरीएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव शिवलाल आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लालबहादुर कुँवरले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि निशान्त आचार्य, सहकारी संस्थाका नि अध्यक्ष एकनारापयण पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सदस्य गुरुप्रसाद महराको स्वागत बाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव शिवलाल आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस