२०८१ माघ २७ गते आइतवार

दाङका किसानलाई कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज

दाङ, २७ कार्तिक । दाङको घोराही उपमहानगरपालिका –७ का विकास चौधरीले २० कठ्ठा जमिनमा धान खेती गर्नुभएको थियो । रोपाइ गर्दा खेताला पाउन मुस्किल परेपछि धान काट्न मेसिनको सहायता लिनुपरेको छ । उँहाले धान काट्ने मेसिनको सहयोगमा धान काटेर थ्रेसरको सहयताले दाइ लगाउनुभयो । उँहाले भन्नुभयो खेताला पाउन मुस्किल भएको समयमा कृषि यन्त्रको सहायताले खेती स्याहार्दा सजिलो भयो । १० कठ्ठा खेतको धान काट्न एक घण्टा लाग्दो रहेछ मेरो २० कठ्ठा खेतमा धान थियो दुइ घण्टामा सकियो । पछिल्लो समय खेतबारीमा काम गर्नलाई खेताला पाउन मुस्किल हुने गरेको उँहाले बताउनुभयो । रोपाइँ गर्दा पनि पावरटेलरको सहायताले खेती गरेको सजिलो भयो । गोरुले जोतेर खेती गर्दा समय लाग्ने गरेको थियो । तर अहिले पावर टे«लरले जोतेर खेती गर्दा सजिलो भएको छ । करिब एक महिनासम्म लाग्ने गरेको खेती सात दिनमै सकिन्छ । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने उँहाको भनाइ छ । घोराही उपमहानगरपालिका– ६का किसान निमा डाँगीले १० कठ्ठा जमिनमा धान खेती गर्नुभएको थियो । उँहाले कृषि यन्त्र प्रयोग गरेर खेती गर्ने र स्याहार्ने गर्दै आउनुभएको छ। खेती गर्नलाई जनशक्ति छैन,खेती स्याहार्न धेरै समय लाग्ने भएकाले कृषि यन्त्रको सहयोग लिने गरेको उँहाले बताउनुभयो।

समयको वचत र छिटो हुने भएकाले कृषि यन्त्रको प्रयोग गरेको बताउनुभयो। गोरु र राँगाको सहयताले दाई लगाउदा महिना दिन लाग्ने गर्दथ्यो अहिले एक,दुई दिनमा सकिन्छ । दाङका किसान खेती गर्नका लागि गोरु तथा राँगाको ठाउँमा पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनीट्रेलर प्रयोग गर्ने गरेका छन् । घोराही उपमहानगरपालिका –६ क्वाडिका रमेश चौधरीले धान काट्ने मेसिन खरिद गर्नुभएको छ। विगत दुइ वर्ष देखि उनले आफ्नो धान काटिसकेपछि अरु धान काटेर पैसा कमाउने गरेको बताउनुभयो । एक घण्टा धान काटेको दुइ हजार रुपैया आम्दानी हुन्छ,अरुको काट्दा राम्रो कमाइ हुने गरेको उँहाले बतानुभयो । कृषि यन्त्रको खोजी गर्ने भएकाले दैनिक आठ,दश घण्टा काम गर्दा २० हजार जती आम्दानी हुने गरेको उँहाले बतानुभयो । कृषिमा आधुनिक प्रविधिका औजारहरू भित्रिएसँगै धेरै किसानहरूले कृषि यन्त्रको प्रयोग गर्ने गरेको उँहाको भनाइ छ । कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्बीराज लामिछाने परम्परागत शैलीमा खेतीपाती गर्ने किसानहरू पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको बताउनुभयो । उँहा भन्नुहुन्छ ‘जिल्लामा पछिल्लो समय खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरै जसो किसानहरूले गोरु–राँगा पाल्न छोडेर खेतीका लागि यन्त्रको प्रयोग गर्दै आएका छन् ।’ जिल्लाका अधिकांश ठाउँमा खेत जोत्न र दाइ लगाउन प्रविधिको प्रयोग बढेको उँहाले बतानुभयो । गोरु र राँगाको भरमा खेती गर्दै आएका किसान प्रविधिमा जोडएसँगै थोरै किसानले धेरै खेती गर्न सक्ने भएको उँहाको भनाइ छ ।

स्थानीय सरकारले पनि कृषिलाई व्यवस्थित गराउने योजना अघि सार्दै कृषकलाई विभिन्न खाले अनुदान दिँदै आएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । परम्परागत रूपमा खेती गर्दै आएका किसानहरूलाई प्रविधिमैत्री बनाउनका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र बितरण गर्ने गरेको उँहाले बताउनुभयो । कृषि यन्त्रको प्रयोगले किसानको लागत सहभागिता घट्नुका साथै आम्दानीमा बृद्धि भएको छ । परम्परागत खेती प्रणालीमा सुधार ल्याउदै व्यावसायीक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि यन्त्र बितरणलाई जोड दिएको मेयर चौधरी जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस