
घाेराही, २४ कात्तिक । दंगाली कम्युनिष्ट आन्दोलनका पुराना नेता देवी पोखरेलको निधन भएकाे छ । गत राति ११ बजे निधन हुनुभएका पोखरेलको आज शनिबार दिउँसो घोराही उपमहानगरपालिका १८ स्थित संखे पिपलघाटमा अन्त्येष्टि गरिएको हो । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहनुभएका देवी पोखरेल पार्टी महासचिव शंकर पोख्रेलको सहाेदर दाइ हुनुहुन्छ ।स्व.पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँ लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।दङ्गाली कम्युनिस्ट आन्दोलन, शैक्षिक जागरण, साहित्यिक आन्दोलन र समग्र सामाजिक आन्दोलनमा पोखरेलको योगदान विशिष्ट रहेको छ । पोखरेलको अन्त्यष्टि तथा सवयात्रामा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, सामाजिक संघसंस्थाका व्यक्तित्व, नागरिक अगुवाहरू एवम् सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

स्वर्गीय पोखरेल दाङ घाेराहिमा रहेकाे दिपशिखा उच्च माध्यामिक विद्यालयका संस्थापक अध्यक्ष , घोराहीबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकको संस्थापक लगायत विभिन्न संघ संस्थाकाे नेतृत्व दायि भुमिकामा समेत हुनुहुन्थ्याे । स्व.पाेख्रेलकाे निधनले सबै क्षेत्रमा अतुलनिय क्षति पुगेकाे छ ।