
सुर्खेत । सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर नगरपालिका(१४ को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका–८ का वडाध्यक्ष दिपेन्द्र वलीले जानकारी दिनुभयो ।
उँहाका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् । वडाध्यक्ष वलीका अनुसार घाइते २५ जनाको उद्दार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको थियो । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार