२०८१ चैत्र ९ गते आइतवार

भरतपुर दुर्घटना अपडेट : ज्यान गुमाएका पाँचै जनाको सनाखत

चितवन । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर –२९ सत्रकिलोमा आज बिहान बस र विद्युतिय यात्रुवाहक गाडी ठोक्किँदा ज्यान गुमाएका ५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार दुर्घटनामा विद्युतीय गाडीका चालक खैरहनी–४ का ३९ वर्षका अनुज अधिकारी, सोही गाडीमा रहेका गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने वर्ष ४०÷४२ का राज बहादुर गुरुङ, नवलपरासी बिनयत्रिबेणी गाउँपालिका–४ बगैंचा बस्ने ३५ वर्षीय सन्तोष भुषाल, उनकी श्रीमती ३३ वर्षीया सबिना भुषाल, भारत घर भइ हाल पोखरा–९ मा किरान पसल गरी बस्ने ३६ वर्षीय राजकुमार साहले ज्यान गुमाएका हुन् ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बसको विद्युतिय गाडी र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान ३ बजे १७ किलोमा एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये २ जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य ३ जनाको उपचार जारी छ । बस चालक मकवानपुर हेटौडा९ बस्ने वर्ष ४४ का सूर्य विक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस