२०८१ चैत्र ९ गते आइतवार

इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

काठमाडौं । अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अमेरिका प्रस्थान गर्नुभएको छ ।

भोलिदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोलं को ९२औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

इन्टरपोलका एक सय ९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने महासभाका क्रममा इन्टरपोलर विश्व स्वास्थ्य सङ्गठन बीचको सहयोग, आङ्कवादविरुद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवादविरुद्ध एकीकृत रणनीति, इन्टरपोलको संविधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस