२०८२ जेष्ठ ३ गते शुक्रवार

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाउनुभएको छ ।

सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाउनुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ । रासस

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस