२०८२ जेष्ठ ३ गते शुक्रवार

इण्डोनेसियामा आगलागीका कारण १२ जनाको मृत्यु

इण्डोनेसियामा भएको आगलागीका कारण १२ जनाको मृत्यु भएको बताइएको छ। आगलागीबाट थप ९ जना घाइते भएका छन्।

घटना इण्डोनेसियाको सबैभन्दा ठूलो शहर जकार्ता नजिकैको खाना पकाउने तेल कारखानामा शुक्रवार ठूलो आगलागी भएको थियो। घटनास्थलबाट नौ जनालाई उद्धार गरिएको बताइएको छ । जसमध्ये अधिकांश जलेर घाइते भएका थिए।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस