२०८२ मङ्सिर १८ गते बुधवार

उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको प्रधानमन्त्रि वलीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्नेगरी हुने समेत बताउनुभएको छ । ‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ ।

धन्यवाद नेपाली टोली’, प्रधानमन्त्रि ओलीले लेख्नुभएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । प्रधानमन्त्री आफैँ नेपाल र बंगलादेशबिचको खेल हेर्न रंगशाला पुग्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस