
पोखराःसहकारी ठगी र संगठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा सोमबार पनि प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तीन दिनदेखि सभापति लामिछानेलाई पक्राउको विरोधमा प्रदर्शन जारी राखेको हो ।
सोमबार पोखरा पृथ्वीचोकमा भेला भएर केहीबेर नाराजुलुस गरेपछि र्याली निकालिएको छ । र्याली पृथ्वीचोकबाट नयाँबजार हुँदै चिप्लेढुँगास्थित मानव अधिकार चोकतर्फ लागेको थियो । शुक्रबार काठमाडौँमा पक्राउ परेका लामिछानेलाई शनिबार जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको थियो ।
रवि समर्थकले शनिबार बिहानदेखि नै विरोध प्रदर्शन गरिरहेका छन् । आइतबार पीडित सहकारीका बचतकर्ताले पनि विरोध प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार