२०८२ जेष्ठ ३ गते शुक्रवार

दशैंको मुख्य दिन आज ‘विजया दशमी’, टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । दशैंको मुख्य दिन आज विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
विजया दशमीमा मान्यजनको हातबाट टीका, जमरा लगाएर आशिष् लिने चलन छ । आज बिहान ११ बजेर ३६ मिनेटमा टीकाको सबैभन्दा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन उपयुक्त रहेकाले साइत कुर्न नपर्ने र दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ ।
चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने व्यक्ति पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ । नेवार समुदायले यो दिन मोहनी नख: मनाउने चलन छ । ९ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी उमारिएको नल स्वा अर्थात् जमरा लगाउने चलन छ ।

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस