
देउखुरी : लुम्बिनि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैँ बिदाको अवधिभरि सरकारी सवारीसाधन प्रयोग नगर्नुहुने भएको छ। गृह जिल्ला अर्घाखाँची भएका मुख्यमन्त्री आचार्यले दशैँ बिदाभरि सरकारी सवारीसाधन प्रयोग नगर्ने मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो।
निजी सवारीसाधन प्रयोग गरेर जिल्लास्तरीय भेटघाट थालेको प्रमुख स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो। मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढ्नुभएको हो। मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने लु १ झ ४९८ नम्बरको गाडी दशैँ बिदाभरिका लागि फिर्ता गर्नुभएको छ ।
स्कर्टिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको जनाइएको छ।
प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार