
घोराही ४ असोज
सिप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था (सिसा नेपाल)ले प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदिलाई बिदाई गरेको छ । दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएर कार्य संचालन गरेको करीव १ बर्ष पछि सरुवा भएर गृह मन्त्रालय जान लाग्नु भएको सुबेदिलाई आज प्रजिअ कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको हो । सिसा नेपालको केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकिको अध्यक्षतामा प्रजिअ सुबेदिलाई बिदाई गरीएको हो । बिदाई गर्दै अध्यक्ष सिद्धिकिले दाङ जिल्लामा कुशलता पुर्वक कार्यकाल पुरा गर्नुभएको भन्दै प्रजिअ सुबेदिलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो । प्रजिअ सुबेदिले दंगाली बासिको मायाले सफलता प्राप्त गरेको भन्दै जादै गर्दा बिदाई गर्ने सम्पुर्ण संघसंस्था तथा बिभिन्न ब्यक्तिहरुलाई धन्यबाद तथा आभार प्रकट गर्नुभएको छ । बिदाई कार्यक्रममा सिसा नेपालका महासचिव मौषम आचार्य ,रेणु सिंह तथा खाद्य अधिकार संजाल दाङका सदस्य छबि पुरी लगायत अन्य बक्तिहरुको उपस्थिति रहेको थ