
घोराही २९ भाद्र
सिसा नेपालले बालबालीकाहरुलाई सहयोगको अभियान थालनी गरेको छ । घोराही १८ रहेना स्थित सिप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था (सिसा नेपाल ) नामक संस्थाले शैक्षिक क्षेत्रमा रहेका निम्न बर्गका बालबालीकाहरुलाई तालिम तथा सहयोगको अभियान सुरु गरेको हो । सिसा नेपालकि केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकिको संयोजकत्वमा उक्त अभियान सुरु भएको हो ।

सिसा नेपालको अभियान ,शैक्षिक क्षेत्रमा बालबालीकालाई सम्मान भन्ने मुल नारा सहित सुरु भएको यो अभियानले पहिलो चरणमा घोराही उपमहानगरपालीका भित्रका सामुदायिक विद्यालयहरुमा अनुगमन गरी प्रशिक्षण सम्पन्न गर्ने र ति मध्येबाट १० वटा विद्यालय छनोट गरी ति १० वटा विद्यालयहरुमा अध्ययणरत विद्यार्थिहरु मध्येबाट अति बिपन्न तथा जेहेन्दार विद्यार्थिहरुलाई आर्थिक , नैतिक , भौतिक तथा बिभिन्न शैक्षिक सामग्रिहरु सहयोग गरीने अभियान कि संयोजक सिद्धिकिले जानकारी दिनुभएको छ । अभियानको सुरुवाति चरणमा घोराही १८ गिठेपानीमा रहेको श्री आधारभुत विद्यालय गिठेपानिबाट सुरु भएको हो ।

उक्त विद्यालयमा अनुगमन तथा प्रशिक्षण समेत सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद भट्टराईले जानकारी दिनुभयो । विद्यालयका प्रअ भट्टराईको अध्यक्षतामा भएका कार्यम्रममा अभियानकि संयोजक साजिदा सिद्धिकि रहनुभएको थियो भने बिशिष्ट अतिथि समाजसेवि बेचन वली रहनुभएको थियो । बालबालीकाको हक अधिकार तथा बाल बिबाह न्युनिकरण , बालबालीकाहरुलाई आत्मरक्षा र बालबालीकालाई संचारको महत्व बिषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो । कक्षा ६,७ र ८ का विद्यालर्थिहरुलाई बालबालीकाको हक अधिकार तथा बाल बिबाह न्युनिकरण सम्बन्धिको प्रशिक्षकमा अभियानकै संयोजक सिद्धिकि रहनुभएको थियो ।

यस्तै बालबालीकाहरुलाई आत्मरक्षा बिषयको प्रशिक्षकमा समाजसेवि बेचन वली र बालबालीकालाई संचारको महत्व बिषयको प्रशिक्षकमा हिमालय टेलिभिजनका पत्रकार दिपक वली रहनुभएको थियो । यस्तै अन्य विद्यालयको अनुगमन तथा तालिम नियमित समयमा सम्पन्न हुने संयोजक सिद्धिकिले जानकारी दिनुभयो ।

अभियानमा जोडिन संस्थाले सम्पुर्णलाई अनुरोध समेत गरेको छ भने बिभिन्न ख्यातिप्राप्त ब्यक्तिहरु जेडिएको समेत संयोजक सिद्धिकिले बताउनुभयो । बिभिन्न माध्यमबाट अभियानमा जोडिन सकिने छ उँहाले भन्नुभयो ।

अहिले सम्म आर्थिक सहयोगका माध्यमबाट जोडिने काठ्मान्डौ निवासि विबेक श्रेष्ठ (रु१०००) , तुलसिपुर निवासि कविता बस्नेत (रु २५००), घोराही १५ निवासि राज कुमार पोख्रेल(रु २०००) ,बर्दिया निवासि अंगत श्रेष्ठ(रु ३०००) ,घोराही निवासि डा. रमेश यादव (रु५०००) र घोराही निवासि बालकृष्ण लामिछाने (रु १०००) रहनुभएको छ । अभियानमा जोडिएर आर्थिक सहयोग गरेको भन्दै संयोजक सिद्धिकिले धन्यबाद ज्ञापन गर्नुभएको छ