
थारु समुदायको पहिलो ठूलो पर्व अट्वारी आज मनाइँदै छ । दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुशै औंशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ । आजको दिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरुको कल्याण भएको मान्यता अनुसार आज सूर्यको पूजाआराधना गरि यो पर्व मनाइने परम्परा छ । दाङ सहित तराइका ५ जिल्लामा आज अटुवारी पर्व हर्सोल्लासका साथ मनाइदै छ । यस अवसरमा आज लुम्बिनि प्रदेश सरकारले दाङसहित प्रदेशका ६ जिल्ला बाँके , बर्दिया , कपिलवस्तु , रुपन्देहि र पश्चिम नवलपरासिमा बिदा दिएको छन ।आइतबारका दिन मनाइने भएकाले यो पर्वको नाम अट्वारी राखिएको हो । आज दिनभरी व्रत बस्नुपर्ने भएकाले व्रत बस्नेले गएराती भाले नबास्दै मिठा मिठा परीकार भिनस¥या अर्थात दर खाने चलन रहेको थारुहरुको भनाई छ । आज अट्वारीको दिन माछामासु बाहेक रोटि, दूध, दही, तरुल, फलफूल लगायतका परिकार अग्निमा चढाई पूजा गरीने उनीहरु बताउछन ।
महाभारतको कथा अनुसार पाण्डव मध्येका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरुसंग युद्ध लड्न गएका र युद्ध लडेर फर्किदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती अनुसार आज दिनभरी थारु समुदायका पुरुषहरु व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्ने थारु अगुवा बेझलाल चौधरीले बताउनुभयो । भोलिपल्ट बिहानै व्रतालु पुरुषहरु नजिकैको जलाशयमा गई स्नान गरेर रोटि, माछा, बिभिन्न तरकारीका परिकारहरु अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याइन्छ । यसरी छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन रहेको थारु जानकार डा. जर्मन चौधरीले बताउनुभयो ।
साथै अन्य समुदायको जस्तो बिभेद थारु समुदायमा नभएको र थारु समुदायमा महिलाको छुट्टै पर्व र पुरुषको छुट्टै पर्वरहेको पनि चौधरीको भनाई छ । बिगतका बर्षहरुमा कुसेऔषि देखि दशै सम्मका प्रत्यक आइतबार ब्रत बसेर अट्वारी मनाउने चलन भएपनि अहिलेका युवा पिढिहरुमा यो परम्परा लोप भइसकेको । बिशेष गरी जल जंगल र जमिन सहित सुर्यको पुजा संगै तिन मुख्य मान्यताका साथै यो पर्व मनाउने गरीन्छ । पछिल्लो समय अट्वारी पर्व पुस्तान्त्रण हुन थालेको थारु कल्याकारी सभा दाङका सल्लाहकार इन्द्र बहादुर चौधरीले बताउनुभयो । दिनभरी परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाईलो गरिन्छ । आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्त संगको भेटघाट, दुखसुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिइन्छ ।
एमाले महिला नेतृ सिद्धिकिद्धारा अट्वारीको शुभकामना ब्यक्त
नेकपा एमालेकि महिला नेतृ साजिदा सिद्धिकिले थारुहरुको पहिलो पर्वको रुपमा रहेका अट्वारी पर्वको शुभकामना ब्यक्त गर्नुभएको छ । आफु मस्लिम धर्मकि भएता पनि हिन्दु , बौद्ध ,क्रिश्चियन लगायतका धर्महरुको सम्मान गर्दै हिन्दु धर्मावलम्बि (थारु) हरुले निकै महत्वका साथ मनाउदै आएको पर्व अट्वारीको अवशरमा उँहाले समपुर्ण थारु समुदायहरुलाई शुभकामना ब्यक्त गर्नुभएको हो । मुस्लिम भएर पनि हिन्दु नारीहरुको महान चाड हरीतालिका तिजमा हिन्दु नारीहरु संग नाचगानमा सामेल हुनुभएको थियो ।

नेतृ सिद्धिकि सिसा नेपाल एनजिओको अध्यक्ष हुदै नेकपा एमालेको केन्द्रिय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय उपाध्यक्ष र सह–इन्चार्ज भएर काम गर्दै आउनुभएको छ भने बिगत २ दशक देखि बिभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आउनुभएको छ । उँहाले नेकपा एमालेको २ महिने मिश ग्रासरुट पनि सफलता पुर्वक सम्पन्न गर्नुभएको थियो ।