
दाङ ।
अर्घाखाँची-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले याेजना कार्यान्वयनकाे क्रममा हुने वदमासि नसहने र गुणस्तरहिन काम गर्नेलाई सरकारले नछाड्ने बताउनु भएको छ । मालारानी गाउँपालिका अर्घाखाँचीले शुक्रवार आयाेजना गरेकाे बधाई, स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आर्चायले समयमा काम नसक्ने तथा गुणस्तरहिन काम गर्नेलाइ सरकारले नछाड्ने बताउनु भएको हाे ।कामकाे जिम्मा लिने तर, समयमा सम्पन्न नगर्ने, काम गरेपनि कमजोर संरचना बनाउनेलाइ पनि सरकारले निगरानीमा राख्छ´उहाँले भन्नुभयाे-
पाँच लाख भन्दा माथिका याेजनालाइ प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने, पछि त्यसकाे जिम्मेवारी निर्माण कम्पनीले लिनेगरी सम्झौता हुनेछ ।´ उपभोक्ता समितिकाे नाममा ठेकेदारले काम गर्ने तर, त्यसकाे जिम्मेवारी कसैले नलिने अवस्थाले गर्दा विकृति बढ्याे ।´ विकास निर्माणकाे काममा गुणस्तर कायम राख्न सराेकारवाला निकायलाई निर्देशन समेत दिनु भएको छ ।
मुख्यमन्त्री आर्चायले प्रदेश सरकारले सबै क्षेत्रमा सुशासन गर्नेगरी आफ्ना गतिविधि अघि बढाएको बताउनु भयाे । मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेर सुशासनकाे थालनि गरेकाे स्पष्ट पार्नु भयाे । यस्तै विशिष्ट व्यक्तिहरूले पदबाट हटेपछि पनि सरकारबाट सुविधा पाउने व्यवस्था थियाे । तर, आचार्य नेतृत्व सरकारले विशिष्ट व्यक्तिलाई दिने सेवा सुविधा दिने निर्णय खारेज गरेर प्रदेश सरकारलाई आर्थिक भारबाट मुक्त गरेकाे छ ।
सरकारले पुरक बजेट नल्याउने, एक रुपैयाँ पनि रकमान्तरण नगर्ने स्पष्ट पार्नु भयाे । चालु आर्थिक बर्षकाे लागि स्वीकृत बजेटकाे पूर्ण कार्यन्वयन गर्न सरकार दृढ रहेकाे जानकारी दिनुभयाे । यस्तै सूरू भएका याेजनालाइ सम्पन्न गर्नेगरी सरकारले याेजना बनाएकाे समेत बताउनु भयाे ।मुख्यमन्त्री आर्चायले ठेकदारले काम गरेर पैसा नपाएकाे गुनासाे बारे आफू जानकार रहेकाे उल्लेख गर्दै लुम्बिनी प्रदेशमा त्याे समस्या हल गर्न सरकार प्रतिवद्व रहेकाे बताउनुभयाे । कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, गाउँपालिका प्रवक्ता तिलक मिश्र, गाउँकार्यपालिका सदस्य लिलबहमदुर विक, नेपाली कांग्रेस मालारानी गाँपालिका सभापति शाेभाखर खनाल, नेकपा एमालेका कार्यवहाक अध्यक्ष विष्णु मिश्र लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियाे ।