
घोराही १८ भाद्र
दाङको तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ६० वर्षीय डिल्ली बहादुर केसीले कुरिलोको व्यवसायिक खेतीबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । विगत दुई वर्षदेखि एक बिगाहा ७ कठ्ठा जग्गा भाडामा लिएर कुरिलो खेती गर्दै आउनु भएको छ, भने आफ्नै घरकै साढे ३ कठ्ठा जग्गामा विगत ६ वर्षदेखि कुरिलोको व्यवसयीक खेती गर्दै आउनु भएको छ । डिल्लि बहादुर बिहान उठ्नुहुन्छ केहि समयको कसरत पछि चिया नास्ता खाने गर्नुहुन्छ त्यसपछि आफुले गरेको कुरीलो खेतिमा जानुहुन्छ र आफ्ना हात गोडा त्यहि खियाउनुहुन्छ ।
कोभिडको समयमा इम्युनिटि शक्ति बढाउनको लागि पनि कुरीलोको अत्यधिक माग भयो जताततै नपाइने यो खेतिको पछिल्लो समयमा भने बजार माग अत्यधिक बढेको छ । त्यसैले डिल्लि बहादुरको दैनिकि कुरीलो खेतिमै बित्ने गरेको छ । स्थानिय बजारमै खपत हुने हुदा बजार ब्यबस्थापनमा पनि समस्या नभएको उँहा बताउनुहुन्छ । अमेरिकन ‘जर्सी सुपर’ भेराइटीको कुरिलोको व्यवसायिक खेती गर्दै आउनु भएका केसीले ३ सय देखि साढे ३ सय रुपैयाँ केजीसम्म दैनिक ३ देखि ६ हजार सम्मको कुरिलो बेच्दै आउनु भएको छ ।
उहाँसँग दुई ठाउँमा गरी ११ हजार कुरिलोको बोटहरू रहेका छन् । जिल्लामा व्यवसायिक रुपमा यतिधेरै क्षेत्रफलमा कुरिलो खेती अन्त कतै छैन । दैनिक सरदर १५ देखि २५ केजीसम्म कुरिलो बिक्री गर्ने गरेको बताउनु उँहा हुन्छ । उहाँका अनुसार दैनिक कम्तिमा ५० केजी कुरिलोको टुसा उत्पादन हुने गर्दछ । पछिल्लो समय कुरिलोको महत्व बुझ्दै गएपछि स्थानीय किसानहरूले कुरिलो खेती गर्न थालेको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो । अहिले जिल्लामा २ बिगाहा जमिनमा कुरिलो खेती भइरहेको सुचना अधिकारी लामिछानेले बताउनुभयो । किसानहरू प्रतिकठ्ठा वार्षिक एक लाख आम्दानी गर्ने गरेको केन्द्रको तथ्याङकमा उल्लेख छ । आयश्रोत नभएपछि मोटो रकम खर्चेर बिदेश मात्र जानेहरुको लागि र मेहनत गरेपछि आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने उदाहरण पनि बन्नुभएको डिल्लि बहादुर । तसर्थ कुरीलो खेतिको बढावा गर्न र किसानको हौसला प्रदान गर्नको लागि सम्बन्धित निकायको सहयोग हुन जरुरी छ ।