
बर्दिया १८ भाद्र । बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय अन्तर्राष्ट्रिय हव बनेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योग्दान पुर्याएको, बाघ, हात्ती, गैडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताउनु भयो । अझै बर्दियालाई विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने बताउनु भएको हो । बर्दियालाई धार्मिक, सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने बताउनु भएको छ ।
बर्दियाको जिल्लाको पवित्र तिर्थ स्थल ठाकुर बाबा मन्दिरको अवलोकन गर्दै आचार्यले सो कुरा बताउनु भएको हो ।ञयहाँको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सरकारले बनाउने पर्यटन सर्किटमा जोड्छौंझउहाँले भन्नुभयो(ञलुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिनेगरी प्याकेज बनाउनेगरी काम भइरहेको छ । पर्यटनको विकासले समग्र लुम्बिनीको विकासमा टेवा पुर्याउछ ।झ
बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकतामा पार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चालू आर्थिक बर्षमा प्रदेश सरकारले बर्दिया जिल्लामा एक अर्ब बढी बजेट विनियोजन गरेको छ । बर्दियाको रैथाने कृषि बालि प्रबर्द्धनमा समेत सरकारले प्राथमिकतामा राखेको हो ।