
तुलसीपुर १८ भदौ ।
प्रेस चौतारी नेपाल दाङ शाखाको महिला विभागको आयोजनामा तीज मिलन तथा महिला शसक्तिकरण एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी दाङका उपाध्यक्ष तथा महिला विभागका संयोजक दिप्तीशिखा चौधरीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य साबित्रा विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मंगलबार पार्टी कार्यालय तुलसीपुरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिश्वकर्माले पत्रकारिता राज्यको चौथो अंग भएकाले सक्षम, सृजनशिलता, परिवर्तनशिल योजनाहरुको खोज गर्नु पर्ने पेशा रहेको बताउनुभयो । आफु अहिलेको अवस्थासम्म आईपुग्दा जातीय, लैगिंक, महिला भएकै काराण विभिन्न समस्याको सामना गर्न सक्ने आँटसँगै सञ्चारकर्मीकै काराण राजनीतिक क्षेत्रमा सफल भएको बताउँनुभयो । साथै उहाँले सञ्चार माध्यमकै कारण जातीय विभेदको अत्य वा न्युनिकरण गर्नुका साथै सुसस्कृत समाज र सुसस्कृत समुदाय निर्माण गर्ने सकिने बताउँनुभयो ।
कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले नेपालमा महिलाहरुका लागि राजनीति तथा अन्य क्षेत्रमा उचित सहभागीता रहेको बताउनुभयो । देशमा पहिलो महिला राष्ट्रपतिदेखि न्यायाधीश, मुख्य सचिवलगायतको मुख्य पदमा महिलाको कार्यकारि अधिकार छ उहाँले भन्नुभयो । कार्यक्रमका अथिति तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले धर्म संस्कृति जोगाउनका लागि कार्यक्रम आयोजना गरेकोमा प्रेस चौतारी दाङलाई धन्यवाद दिनुभयो । पत्रकार एउटा अभिवादन शिल ब्यक्ति हो, जस्ले समाजलाई अध्यारोबाट उज्यालो तर्फ डोर्याउने एउटा राज्यको चौथो अंग उहाँले भन्नुभयो । साथै उहाँले एक महिनासम्म तिजको दर खाने चलन हटाउनु पर्ने बताउँनुभयो । कार्यक्रममा नेकपा एमाले दाङका सचिव श्याम डाँगीले अहिले होटलमा गएर दर खाने प्रचलनले गर्दा पहिले माइतमा गएर आमाको हातले पकाएको दर खाने चलन हराउँदै गएको बताउँनुभयो । साथै उहाँले पत्रकारिता गर्ने व्यक्तिले सक्षम सबल र सहि मार्गदर्शकमा समाजदेखि देश परिवर्तन गर्ने गरि कलम चलाउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेशकी सदस्य सिमा न्यौपानेले संघ, प्रदेश र स्थानीयतहले गरेका राम्रो कामहरुलाई नागरिक समक्ष पुगाउँदै सकारात्मक प्रतिक्रिया दिने र भष्टाचार भएको ठाउँमा गएर नकारात्मक कुराहरुको अभिलेख गरि आफ्नो कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । प्रेम कुमारी बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुरक्षा चौधरीले गर्नु भएको थियो । उक्त अवसरमा विभिन्न पेशामा रहि आआफ्नो क्षेत्रमा सहयोग गर्ने रमा नेपाली, नन्दा नेपाली, पशुपति चौधरीलाई सम्मान गरिएको थियो ।