
दाङ, १६ भदौ ।
सिसा नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता साजिदा सिद्दिकीले नेपालमा हरेक जातजातिका महिला नेतृत्वका लागि क्षमतावान् र सक्षम रहेको भन्दै त्यसका लागि सम्बन्धित पक्षले अवसर दिनु पर्ने बताउनुभयो । पितृसत्तात्मक सोचका कारण महिलालाई अहिले पनि नेतृत्वमा पुग्न नदिने र उप वा सदस्यमै राख्ने प्रवृत्ति देखिएकाले यसका लागि महिला अझै लड्नु पर्ने अवस्था सिर्जना गरेको बताउनुभयो । साथै उँहाले कार्यक्रममा उपस्थित महिला प्रहरीहरुको उदाहरण दिदै महिलाहरु आबश्यकताका अधारमा डाडु ,पनियो तथा बन्दुक र कलम पनि चलाउन सक्ने बताउनुभयो । महिलाले अवशर पाए जस्तो सुकै काममा पनि सफल हुने बताउनुभयो । महिलाको हरेक क्षेत्रमा निर्णायक सहभागितासँगै न्यायिक समानता र समतामूलक समाजको निर्माण गर्ने अभियानको मुख्य उद्देश्य रहेको भन्दै अभियानमा जोडिन महिलालाई आग्रह गर्नुभएको थियो ।

अभियानको प्रमुख वक्ताको रुपमा रहेकि अध्यक्ष सिद्धिकिले सबै महिलालाई एक्यबद्धता भएर अगाडि बढ्नु पर्ने बताउनुभएको थियो । यस्तै घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमा डिसीले राज्यका हरेक तहमा महिलाको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउनुभएको छ । महिलालाई निर्णायक तहमा पु¥याउन अनतरपुस्ता महिलावादी मञ्चले थालेको अभियान अन्तर्गत शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख डिसीले महिलालाई पदसँगै अवसरको आवश्यक रहेको बताउनुभएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङलगायतका विभिन्न महिलावादी संघसंस्थाले आयोजना र अन्तरपुस्ता महिलावादी मञ्चको संयोजनमा भएको कार्यक्रमलाई शनिवार घोराहीमा भएको अनुपम ¥यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप्रमुख डिसीले आगामी निर्वाचनमा महिलालाई नेतृत्वको मूल तहमा सहभागी हुन पुरुषले सहयोगीको भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । जसको परीनाम महिलाले सफल भएर देखाउने छन ।
महिलाले राज्यको हरेक तहमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम रहेको भन्दै उपप्रमुख डिसीले महिलालाई पदमा राख्ने मात्र नभई नेतृत्वदायी भूमिकाको आवश्यकता रहेको बताउनुभयो । महिलालाई निर्णायक तहमा पु¥याउन अन्तरपुस्ता महिलावादी मञ्चले थालेको अभियानमा ऐक्यबद्धता जनाउँदै नगर उप्रमुख डिसीले नेपालको संविधान २०७२ ले राज्य संयन्त्रको हरेक तहमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरेकाले स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसद्मा महिलाको सहभागिता बढेको तर नेतृत्व तहमा पुग्न कठिन रहेको बताउनुभयो । कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतम रेग्मीले अन्तरपुस्ता महिलावादी मञ्ंचले सुरु गरेको अभियानको सराहना गर्दै महिलाको योगदान, सिप र क्षमतालाई कदर गर्दै नेतृत्व तहमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । संविधानले अधिकार प्रदान गरे पनि राजनीतिदेखि विभिन्न संघसंस्थामा अहिले पनि महिलालाई कार्यकारी पदभन्दा अन्य पदमा राख्ने प्रवृत्ति देखिएको भन्दै त्यसमा सुधार गर्न अनुपम यात्राको थालनी भएको अन्य बक्ताहरुले बताएका थिए ।
महिलाको सहभागिता मात्र होइन, नेतृत्व आवश्यक भएको भन्दै उनले आगामी निर्वाचनमा हरेक क्षेत्रमा महिला नेतृत्वका लागि तयार हुनु पर्ने बताएका छन । त्यसका लागि हरेक पुरुषले सहयोग गर्नु पर्ने उनको भनाइ थियो । महिलावादी विभिन्न २२ वटा संघसंस्थाको सहकार्यमा भएको कार्यक्रम अन्तर्गत घोराहीको भानुचोकबाट पञ्चेबाजासहित ¥याली गरिएको थियो । ¥याली भानुचोकमा पुगेर सभामा परिणत भएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतमले गर्नुभएको थियो ।