२०८१ चैत्र ९ गते आइतवार

घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु

११ भदौ, घोराही

दाङको घोराहीमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ । घरछेउमा रहेको गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा मंगलवार विहान करेन्ट लाग्दा घोराही उपमहानगरपालिका–१२ डाडागाउँ ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर चौधरीको घट्नास्थलमै मृत्यु भएको थियो । गोठको छानामा फलेको लौका टिप्नका लागि चढेको समयमा नजिकै रहेको सप्लाई तारले छुदा करेन्ट लागेको घाेराही १२ का वडाध्यक्ष दाेर्ण बहकरीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस